• २० भदौ २०८३, शनिबार
  • ११ः५४ राती

आरविवि मर्चेन्ट बैंकिङ्गको सातौ वार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति

२०७९ आश्विन ३१ गते, सोमबार ०६:३२

३१ असोज २०७९, काठमाडौँ : राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा संचालित सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडकोे सातौ वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी देवेन्द्ररमण खनालको अध्यक्षतामा सोमबार सम्पन्न भएको छ । साधारण सभाले आ.व. २०७८/०७९ मा ७.५ प्रतिशत नगद लाभांश सहित वार्षिक प्रतिवेदन प्रस्ताब पारित गरेको छ ।

National Life

साधारण सभामा प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हाल शहरी क्षेत्रमा मात्र सिमित रहेको मर्चेन्ट बैकिङ्ग सेवालाई ग्रामिण क्षेत्रमा समेत विस्तार गर्ने दीर्घकालिन सोच अनुरुप रणनीति तयार गरी आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र दूरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ्ग सेवा लिन सकिने वातावरण बनाउनु पर्ने बताए । मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हाल २० करोड चुक्तापूंजी रहेको मर्चेन्ट बैंकिङ्गले इस्यु मेनेजमेन्ट, आरटिएस, पोर्टफोलियो मेनेजमेन्ट, अन्डरराइटिङ्ग, डिपोजेटरी पार्टिसिपेन्ट लगायतको सेवा दिई रहेको बताए ।


साधारण सभामा आरविवि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडका संचालकहरु सरस्वती अधिकारी, पवन रेग्मी, दुर्गा कुमारी कंडेल, राजेन्द्रप्रसाद दाहाल, बैंकका उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, विनयरमण पौडेल, बैंकका कम्पनी सचिव हेमराज खरेल, कम्पनी रजिष्ट्रार कार्यालयकी उपरजिष्ट्रार शेखरबाबु कार्की, महालेखा परीक्षक कार्यालयका कमल सिलवाल, आन्तरीक लेखापरीक्षक सिए एकराज सिग्देल, आरविवि म्युचल फण्डका लेखापरीक्षक सिए मुना प्रसाद लगायत मर्चेन्ट बैंकिङ्गका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Classic Tech Desktop

प्रतिकृया