• ५ असोज २०८३, सोमबार
  • ११ः३८ बिहान

च्याम्पियन्स लिगको समूहचरणबाटै बाहिरिने संघारमा बार्सिलोना

प्रकाशित मिति

२०७९ आश्विन २७ गते, बिहीबार ०८:०७

२७ असोज २०७९, काठमाडौँ : स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिगको जारी सिजनको समूह चरणबाटै बाहिरिने संघारमा पुगेको छ। बुधबार राति भएको खेलमा इन्टर मिलानसँग ३–३ गोल अन्तरको बराबरी खेलेसँगै बार्सिलोनाको लागि माथिल्लो चरणको यात्रा कठिन बनेको हो। नोउ क्याम्पमा भएको खेल बराबरीमा सकिएसँगै समूह सीमा रहेको बार्सिलोना इन्टर मिलानभन्दा ३ अंकले पछि परेको छ।

National Life

अब यी दुवै टोलीले बार्यन म्युनिख र भिक्टोरिया प्लजेनसँग खेल्न बाँकी छ। यस्तोमा बार्सिलोनाले दुवै खेलमा जित हात पारेको र इन्टर मिलानले दुवै खेल हारेको वा दुवैमा बराबरी गरेको अवस्थामा मात्र बार्सिलोना माथिल्लो चरणमा पुग्नेछ। बुधबारको खेलको ४० औं मिनेटमा औस्माने डेम्बेलेले गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि खेलको ५० औं मिनेटमा निकोलो बरेला र ६३ औं मिनेटमा लाउरेटो मार्टिनेजको गोलमा इन्टर मिलानले नतिजा उल्ट्याउँदै खेल २–१ को अवस्थामा ल्याएको थियो।


खेलको ८२ औं मिनेटमा बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले बराबरी गोल फर्काए पनि खेलको ८९ औं मिनेटमा इन्टरका लागि रोबिन गोसेन्सले अर्को गोल गरेका थिए। खेलको इन्ज्युरी समयमा लेवान्स्डोस्कीले थपेको अर्को गोलबाट बार्सिलोना हारबाट बचेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया