• ५ असोज २०८३, सोमबार
  • ११ः०५ बिहान

सलाहको कीर्तिमानी ह्याट्रिकमा लिभरपुलको सानदार जित

प्रकाशित मिति

२०७९ आश्विन २७ गते, बिहीबार ०७:४०

२७ असोज २०७९, एजेन्सी : मोहम्मद सलाहको कीर्तिमानी ह्याट्रिकमा इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा सानदार जित दर्ता गरेको छ। लिभरपुलले स्कटिस क्लब रेन्जर्समाथि उसकै मैदानमा ७–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो। लिभरपुलको जितमा सलाहले ह्याट्रिक पूरा गर्दा रोबर्टो फिर्मिनोले दुई तथा डार्विन नुनेज र हार्भे इलिओटले समान एक गोल गरे। घरेलु टोलीका स्कट अर्फिल्डको गोल सान्त्वना बन्यो।

National Life

आइब्रक्स स्टेडियम ग्लास्गोमा बुधबार राति भएको खेलमा घरेलु टोलीले खेलको १७औं मिनेटमा लिभरपुलविरूद्ध अग्रता लिएको थियो। स्कट अर्फिल्डले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर त्यसको ७ मिनेटपछि रोबर्टो फिर्मिनोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा लिभरपुलले आधा दर्जन गोल गर्‍यो।


खेलको ५५ औं मिनेटमा फिर्मिनोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै लिभरपुल खेलमा २–१ ले अघि बढाए। ६६औं मिनेटमा डार्विनले गोल गर्दै लिभरपुललाई ३-१ मा पुर्‍याए। त्यसपछि मैदान छिरेका सलाहले कीर्तिमानी ह्याट्रिक गरे। खेलको ६८औं मिनेटमा डार्विन नुनेजको स्थानमा मैदान छिरेका सलाहले ७६ औं मिनेटमा पहिलो गोल गरे। ८०औं मिनेटमा दोस्रो गोल गरेका सलाहले त्यसको एक मिनेटपछि ह्याट्रिक पूरा गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

सलाहले ६ मिनेट १२ सेकेन्डको अन्तरमा ह्याट्रिक पूरा गर्दै च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ह्याट्रिक पुरा गर्ने कीर्तिमान बनाए। उनले तीनै गोल डिएगो जोटाको पासमा गरेका थिए। यसअघि सबैभन्दा छिटो ह्याट्रिक गर्नै कीर्तिमान फ्रेन्च क्लब लियोनका बाफेटिम्वी गोमिसको नाममा थियो। उनले सन् २०११ मा डिनामो जाग्रिवविरुद्ध ७–१ को जितमा ८ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरेका थिए।


लिभरपुल खेलमा ६–१ को आरामदायी स्थितिमा रहेको बेला खेलको ८७ औं मिनेटमा हार्भे इलिओटले गोल गर्दै लिभरपुललाई फराकिलो जित सुनिश्चित गरे। यो जितसँगै लिभरपुल समूह ‘ए’ मा ९ अंक जोडेर नकआउट चरण नजिक पुगेको छ। पराजित रेन्जर्स अंकविहीन हुँदै पुछारमा छ। यही समूहको अर्को खलमा आयाक्सलाई ४–२ ले हराउँदै इटालियन क्लब नेपोली समूह चरणको दुई खेल बाँकी छँदै खेलेको सबै चार खेलमा जितसहित अन्तिम १६ मा पुगेको छ।

प्रतिकृया