• ११ असोज २०८३, आइतबार
  • ४ः३७ बिहान

भारत : बसमा आगलागी हुँदा ११ जनाको मृत्यु

प्रकाशित मिति

२०७९ आश्विन २२ गते, शनिबार ११:१०

२२ असोज २०७९, एजेन्सी : महाराष्ट्रको नासिकमा शनिबार बिहान एउटा भयानक दुर्घटना भएको छ । बस र ट्रक एक आपसमा ठोक्किँदा बसमा आगो लागेको थियो । हेर्दाहेर्दै २० मिनेटमा बस जलेर नष्ट भयो । दुर्घटनामा बसमा सवार ११ जना जिउँदै जलेका छन् । यसबाहेक ३८ यात्रु घाइते भएका छन् । बस यवतमालबाट मुम्बई जाँदै थियो। दुर्घटना बिहान ४स्३० बजे भएको थियो। अधिकांश यात्रुले बसबाट हाम फालेर ज्यान जोगाएका थिए ।

National Life

दुर्घटना नासिक-औरंगाबाद मार्गमा नन्दुरनाका नजिक भएको हो। बस चिन्तामणि ट्राभल्सको बसमा ४५-५० जना थिए । प्रहरी नायब उपायुक्त अमोल ताम्बेले दुर्घटना भएको पुष्टि गरेका छन् । यस घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् । – दैनिक भास्कर

प्रतिकृया