आज बडादसैँ, टीकाको उत्तम साइत बिहान ११ः५१ बजे
प्रकाशित मिति
२०७९ आश्विन १९ गते, बुधबार ०८:४५
१९ असोज २०७९, काठमाडौँ: देशभर बुधबार महान चाड बडादसैँ मनाइँदैछ । ९ दिनसम्म दुर्गा भवानीका विभिन्न रुपको पूजा आराधना गरी दशौँ दिन बुधबार असत्यमाथि सत्यको विजयको प्रतिकका रुपमा टीका जमरासहित धारण गरेर दसैँ मनाउन लागिएको हो ।
यस दिन मान्यजनको हातबाट टीका तथा जमरा धारण गरी आशिर्वाद लिने चलन छ । विजयादशमीको साइत बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको जनाइएको छ । तर नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।
विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ः५१ बजेको साइत उत्तम रहेको पञ्चांग निर्णाक समितिले जनाएको हो ।
दसैँका बेला पिंग खेल्ने गरिन्छ
दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय नियम छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व भव्य रुपमा मनाउँछन् ।
दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।








प्रतिकृया