• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

दसैं अवधिमा काभ्रे जिल्लाभर टिपर चलाउन रोक

प्रकाशित मिति

२०७९ आश्विन १५ गते, शनिबार ०८:१३

१५ असोज २०७९, काठमाडौँ : चाडपर्वमा हुने यात्रुको चापलाई दृष्टिगत गरी दसैं अवधिभर काभ्रे जिल्लाभर टिपर सञ्चालन गर्न रोक लगाइएको छ। दसैं मनाउन काठमाडौँ उपत्यकाबाट काभ्रेपलाञ्चोकको रुट भएर जिल्ला बाहिर जाने–आउने सवारीसाधन र यात्रुको चापलाई मध्यनजर गरी शुक्रबारदेखि असोज २४ गतेसम्म जिल्लाभित्र टिपर नचलाउने निर्णय भएको हो।


काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलेको अध्यक्षतामा बसेको सार्वजनिक यातायात व्यवसायीहरूको बैठकले यस्तो निर्णय गरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयले शुक्रबार बीपी राजमार्ग भएर पूर्वी जिल्ला जाने सवारीको यान्त्रिक परीक्षण गरेको छ ।

Kamana Sewa

यस्तै अरनिको राजमार्ग र बीपी राजमार्गमा चल्ने सार्वजनिक सवारीसाधनमा ‘टाइम कार्ड’ लागू गरिएको छ। प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार पूर्व अरनिको यातायात सेवा प्रालिको बा ४ ख ७१७८ नम्बरका बस चालकलाई खादा लगाई टाइम कार्ड सुरु गरेकी थिइन्।

Classic Tech Desktop

प्रतिकृया