कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने, कहाँ–कहाँ टुंगियो ?
प्रकाशित मिति
२०७९ आश्विन १३ गते, बिहीबार ०८:२५
१३ असोज २०७९, काठमाडौँ : नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ। सत्ता गठबन्धनको बुधबार बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने सहमति हुनुका साथै तीमध्ये अधिकांश क्षेत्रको भागबण्डा टुंगिएको हो । जसअनुसार काँग्रेसले पाउने निर्वाचन क्षेत्रमा कञ्चनपुर-३, कञ्चनपुर-२, डडेलधुरा, दार्चुला, कैलाली(-१, ४, ५, अछाम -२, बाजुरा, सुर्खेत-१ र २, दैलेख -२, मुगु, नवलपरासी पश्चिम -२, बर्दिया- १ रहेको छ । दैलेख-१ मा भने एकीकृत समाजवादीको पनि दाबी छ ।
यसैगरी चितवन -१ र २, गोरखा -१, मनाङ, कास्की-१, तनहुँ-१ र २, स्याङ्जा-१ र २, नवलपरासी पूर्व-१ र २, मनाङ, म्याग्दी, पर्वत, गुल्मी-१, पाल्पा-१, अर्घाखाँची, रुपन्देही – ३,४ र ५, कपिलबस्तु – २, ३, दाङ- ३ र बाँके -३ निर्वाचन क्षेत्रबाट पनि काँग्रेसले उम्मेदवारी दिने सहमति भएको छ ।

यसैगरी पाँचथर, इलाम-२, झापा -१,३ र ४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ-१,२,३ र ६, सुनसरी -२,३ र ४, ओखलढुंगा, उदयपुर -१, सप्तरी -३, ४, सिरहा -१, २ धनुषा-२, ३ र ४ महोत्तरी -२ र ३ निर्वाचन क्षेत्र पनि काँग्रेसले लिने सहमति भएको छ । यस्तै सर्लाही -४, बारा-१, पर्सा -३ र ४, सिन्धुली-१, रसुवा, धादिङ -२, नुवाकोट -२, काठमाडौं -१, १०, ३,४,५,६, भक्तपुर -१ र २, ललितपुर -१, काभ्रे -२ सिन्धुपाल्चोक -२ र मकवानपुर-१ कांग्रेसले लिने बताइएको छ ।

जसमध्ये कांग्रेसले पाउने भनिएको धनुषा -४ मा जसपा, महोत्तरी -३ मा पनि जसपाको दाबी कायमै छ भने गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले दोलखा वा रामेछाप मध्ये एक निर्वाचन क्षेत्र पनि पाउने सहमति छ ।




प्रतिकृया