• ४ साउन २०८३, सोमबार
  • ७:१८ बेलुका

निर्वाचन आचारसंहिता आज मध्यरातिबाट लागू हुने, के – के छ आचारसंहितामा?

प्रकाशित मिति

२०७९ आश्विन १२ गते, बुधबार १२:५२

१२ आश्विन २०७९, काठमाडौँ: प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०७९ बुधवार मध्यरातिबाट लागू हुने भएको छ। आयोगको मंगलवार बसेको बैठकले बुधवारदेखि कार्यान्वयन गर्ने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।


‘निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय भएको छ। आचारसंहिताको कार्यान्वयन र पालना गर्न सबैको सहयोगको अपेक्षा आयोगले गरेको छ,’ उनले भने।

Kamana Sewa

यसअघि आयोगले दलहरुसँग निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो। असोज ९ गते प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न १२ राजनीतिक दलका नेताहरुले आचारसंहितामा लिखित प्रतिवद्धता जनाएपछि आयोगले भोलिदेखि लागू नै गर्ने निर्णय गरेको हो।

Classic Tech Desktop

आयोगसँगको छलफलमा राजनीतिक दलका नेताहरुले आचारसंहिताका विभिन्न व्यवस्थामाथि आपत्ति जनाएका थिए। आयोगले भने आचारसंहिता जारी नै भइसकेकाले संशोधन सम्भव नभए पनि व्यवहारिक हिसाबले कार्यान्वयन गर्न सकिने बताएको थियो।

दलहरुको विरोध के-के मा?

मन्त्रीले आफू उम्मेदवार भएको बाहेक निर्वाचन क्षेत्रमा प्रचार गर्न नपाउने भन्ने व्यवस्था व्यवहारिक नभएको भन्दै पार्टीका शीर्ष नेताले विरोध गरेका हुन्। आचारसंहिताको बुँदा ५ (क) मा भनिएको छ, ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने।’


उक्त व्यवस्था राजनीतिक अधिकार विपरीत भएको दलहरूको ठहर छ। नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेलले मन्त्रीले प्रचार गर्न नपाउनु व्यवहारिक नहुने तर्क गरेका थिए।


‘मन्त्रीहरू दलका प्रमुख पनि हुन सक्छन् उनीहरूलाई आफ्नो बाहेक अरू क्षेत्रमा जान नपाउने भन्ने अहिले पनि कायम रह्यो, हामीले सुझाव के दिएका थियौँ भने सरकारी सुविधाको प्रयोग गर्न पाइँदैन तर मिनिस्टरलाई प्रचारमा जान नदिनु राजनीतिक अधिकार विपरीतको कुरा हो भन्यौँ,’ पोखरेलले भनेका थिए।


यस्तै, दलहरुले उम्मेदवारी मनोनयनमा २५ जना भन्दा बढी सहभागी गराउन नपाउने आचारसंहितामा व्यवस्था छ । त्यसमा पनि दलहरुले आपत्ति जनाएका छन् ।


त्यस्तै, चुनाव प्रचार प्रसारका क्रममा मञ्च बनाएको खर्च विवरण एक हप्ताभित्र बुझउनुपर्ने व्यवस्था पनि व्यवहारिक नभएको भन्दै दलहरुले विरोध गरिरहेका छन् ।

प्रतिकृया