• १४ असोज २०८३, बुधबार
  • ७ः४९ बिहान

चोलेन्द्रलाई नजरबन्दमा राख्नु मानव अधिकार हननः शेखर कोइराला

प्रकाशित मिति

२०७९ आश्विन ९ गते, आईतवार ०४:०६

९ असोज २०७९, काठमाडौंः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सरकारले घरभित्रै नजरबन्दमा राखेको भन्दै आपत्ति जनाएका छन्। गृहनगर विराटनगरस्थित कोइराला निवासमा आइतबार कार्यकर्तासँगको संक्षिप्त कुराकानीका क्रममा नेता कोइरालाले सरकारले जबरालाई बाहिर निस्कन नदिने गरी घरभित्रै सीमित गर्नु मानवअधिकार हनन् भएको बताए।

National Life

सांसदहरुको पदावधि सकिएसँगै महाभियोग स्वतः निष्क्रिय हुने बताएका नेता कोइरालाले महाअभियोग नै निष्क्रिय हुँदा जबरालाई बाहिरको वातावारणमा अवरोध पुर्‍याउन नहुनेमा जोड दिए। सोही क्रममा नेता कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक संकट निम्त्याएको बताएका थिए।

प्रतिकृया