• ३ असोज २०८३, शनिबार
  • १ः२० दिउँसो

कोरोना महामारीका कारण घाटामा रहेको बार्सिलोना पछिल्लो सयमा नाफामा

प्रकाशित मिति

२०७९ आश्विन ६ गते, बिहीबार ०९:३५

६ असोज २०७९, एजेन्सी : कोरोना महामारीका कारण घाटामा रहेको बार्सिलोना पछिल्लो सयमा नाफामा गएको छ । स्पेनिस क्लब बार्सिलोनाले गत आर्थिक वर्षमा ८६ मिलियन पाउण्ड नाफा गरेको बीबीसीले जनाएको छ । बार्सिलोनाले नयाँ आर्थिक वर्षमा २४९ मिलियन पाउण्ड नाफा गर्ने अपेक्षा राखिएको जनाएको छ ।

National Life

बार्सिलोनाले २०२१/२२ को आर्थिक वर्ष ८९० मिलियन पाउन्डको कारोबार भएको जनाएको छ । बार्सिलोना घाटामा गएको समयमा क्लबका स्टार खेलाडी लियोनल मेस्सीलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा बेचेको थियो । तर, बार्सिलोनाले त्यसको साटो एक वर्षपछि पोलिस खेलाडी रोबर्टो लेवान्डोस्सीलाई भित्राएको छ ।

प्रतिकृया