• 6:19 pm

नेसनल माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामी भर्ने अन्तिम दिन कहिले ?

प्रकाशित मिति

२०७९ आश्विन ५ गते, बुधबार १२:०६

५ असोज, काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १७ हजार ९४३ कित्ता संस्थापक सेयर लिलामी भर्ने बुधबार अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ ।


कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ७५० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ७५० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामी बोलपत्र पेस गर्नुपर्नेछ । यसमा लघुवित्तका विद्यमान संस्थापक सेयरधनी वा जो कोही व्यक्ति, कम्पनी,संघ र संस्थाहरूले आवेदन दिन सक्नेछन् ।


न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले संस्थाको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, काठमाडौंमा पुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् । लघुवित्तका विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिई यसअघि आवेदन खुला गरिएको थियो । तर सो अवधिमा आवेदन नपरेको हुनाले लिलामीमा ल्याइएको हो ।

प्रतिकृया