समानुपातिकतर्फ ४८ राजनीतिक दलले बुझाए उम्मेदवारको बन्दसूची
प्रकाशित मिति
२०७९ आश्विन ४ गते, मंगलवार ०८:०४
४ आश्विन २०७९, काठमाडौं : प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन्। आयोगले दललाई आइतबार र सोमबार बन्दसूची पेस गर्न समय दिएको थियो। आइतबार चार दलले बन्दसूची पेस गरेकामा बाँकी ४४ दलले सोमबार बन्दसूची बुझाएका हुन्। निर्वाचन आयोगले बन्दसूचीको अद्यावधिक कायमै राखेको छ।

प्रतिनिधि सभा र प्रदेश सभाका लागि ७६ दल दर्ता भएका छन्। तीमध्ये ६८ दलले समानुपातिकमा भाग लिनेगरी निवेदन दर्ता गराएका थिए। प्रदेशसभातर्फ प्रदेशतर्फ सात प्रदेशमा २ सय ३८ दलले बन्दसूची पेस गरेका छन्। निर्वाचन कार्यतालिकाअनुसार दलले सूचीमा २२ असोजसम्म परिमार्जन गर्न सक्छन्। आयोगले मंगलबारदेखि बन्दसूचीको छानबिन प्रक्रिया सुरु गर्नेछ।
Related
Recent News
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया