• ११ असोज २०८३, आइतबार
  • ६ः०५ बेलुका

आज निर्वाचन आयोगमा प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची दलहरूले बुझाउने

प्रकाशित मिति

२०७९ आश्विन ३ गते, सोमबार ०७:३४

३ असोज २०७९, काठमाडौँ : प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची दलहरूले आज निर्वाचन आयोगमा बुझाउने भएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, राप्रपालगायत दलले सोमबार आयोगमा बन्दसूची बुझाउने भएका छन्।

National Life

आयोगले आइतबार र सोमबारका लागि बन्दसूची बुझाउन समय दिएको छ। आइतबार प्रतिनिधि सभातर्फ नेपाल समावेशी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीले मात्रै बन्दसूची बुझाएका थिए। बाँकी दलहरूले आज बन्दसूची बुझाउनेछन्। नेकपा एमालेले आइतबार सचिवालय बैठक गरी प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० जना समानुपातिक उम्मेदवार छनौट गरी बन्दसूची तयार गरेको थियो।


माओवादीले महासचिव देव गुरूङको नेतृत्वमा कार्यदल गठन गरी समानुपातिक उम्मेदवार तयार गर्दैछ भने कांग्रेसले पनि समानुपातिक उम्मेदवार तयार गर्दैछ। मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया