• १२ असोज २०८३, सोमबार
  • ३ः०६ राती

काठमाडौं २ बाट चुनाव उठ्ने तयारीमा पूर्वसभामुख ओनसरी घर्ती

प्रकाशित मिति

२०७९ भाद्र २९ गते, बुधबार ०९:३९

२९ भाद्र २०७९, काठमाडौँ : पूर्वसभामुख ओनसरी घर्तीले काठमाडौं क्षेत्र नम्बर २ बाट प्रत्यक्ष चुनाव लड्ने तयारी गरेकी छन्। घर्तीको नाम नेकपा माओवादी केन्द्रको काठमाडौं २ क्षेत्रीय कमिटीले आज उम्मेदवारका रूपमा सिफारिस गर्ने तयारी छ। केही समय अघि घर्तीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफू प्रत्यक्ष निर्वाचन लड्न तयार रहेको बताएकी थिइन्।

National Life

प्रचण्डलाई उनले समानुपातिकमा नबस्ने बताएकी थिइन्। ‘बरू हार्न तयार छु तर यसपालि समानुपातिकमा बस्दिनँ,’ उनले भनेकी थिइन्। जबाफमा प्रचण्डले काठमाडौंको कुनै क्षेत्र खोज्ने बताएका थिए। सत्ता गठबन्धनका दलहरुबीचमा सहमति भएमा काठमाडौं क्षेत्र नम्बर २ माओवादी केन्द्रले लिने र सो क्षेत्रमा पूर्वसभामुख घर्तीलाई उठाउन प्रचण्ड तयार भएका छन्।


घर्ती २०७० को निर्वाचनमा रोल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी थिइन्। उनी २०७० मा उपसभामुख र २०७२ मा सभामुख भएकी थिइन्। २०७४ को निर्वाचनमा भने घर्ती समानुपातिक तर्फबाट सांसद बनेकी हुन्। उनी अन्तरिम संसद र पहिलो संविधान सभामासमेत सांसद बनेकी थिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

पहिलो संविधान सभाको कार्यकालमा केही समय उनी खेलकुद मन्त्री बनेकी थिइन्। माओवादी केन्द्रको स्थायी कमिटी सदस्य रहेकी घर्तीले भूमिगतकालमा पूर्वका धेरै जिल्लामा रहेर काम गरेकी थिइन्। उनी सोलुखुम्बु, काभ्रे र ललितपुरको समेत पार्टी इन्चार्ज भइसकेकी छन्।

प्रतिकृया