• २२ भदौ २०८३, सोमबार
  • १०ः२६ बिहान

दशैँमा २० लाख यात्रु बाहिरिने अनुमान

प्रकाशित मिति

२०७९ भाद्र २४ गते, शुक्रबार ०६:०७

२३ भाद्र २०७९, काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यस वर्षको दशैँमा काठमाडौं उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने अनुमान गरेको छ। कोभिड–१९ प्रभाव नभएकाले यो संख्यामा यात्रुहरू दशैँ मनाउन गाउँ जाने अनुमान गरिएको महासंघका अध्यक्ष विजय स्वाँरले जानकारी दिए ।

National Life

यातायात व्यवस्था विभाग, सडक विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी राष्ट्रिय महासंघको बुधबार बसेको संयुक्त बैठकले असोज १ गतेदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ ।


यातायात व्यवस्था विभागले अनलाइनबाट टिकट काट्ने व्यवस्था गर्ने भनेको छ। तर यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष स्वाँरले अनलाइनबाट टिकट काट्ने व्यवस्था नगर्ने प्रष्ट पारेका छन् ।

Classic Tech Desktop

प्रतिकृया