• ०९:५८ २०८१ बैशाख ४ गते
  • 9:58 am

नेप्से दोहोरो अंकले घट्यो

प्रकाशित मिति

२०७९ भाद्र २१ गते, मंगलवार ०३:५२

nepse gateko e1620295217788

२१ भाद्र २०७९, काठमाडौं: आज (मंगलबार) पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ। नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक २१.२२ अंकले घटेर १९५१.७९ विन्दुमा झरेको छ । नेप्से १.०८ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.८९ अंकले घटेर ३७९.०५ विन्दुमा झरेको छ ।


कूल २२७ वटा कम्पनीको ३२ लाख ९ हजार ९ सय ८३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १९ करोड ७ लाख ६५ हजार ६ सय १३ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ ।


आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ९ करोड १४ लाख १८ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । मंगलबार उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वाधिक कारोबार छ । संस्थाको सेयरमूल्य ९.६८ प्रतिशतले बढेर एक हजार ४२ रूपैयाँ पुगेको छ ।


यस दिन सानिमा माइ हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ७.३२ प्रतिशतले घटेर प्रतिकित्ता २ सय ९१ रूपैयाँमा झरेको छ।

प्रतिकृया