• २ असोज २०८३, शुक्रबार
  • ५ः३७ बिहान

चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपालको संलग्नताबारे सांसद कोइरालाले मागिन् सरकारको धारणा

प्रकाशित मिति

२०७९ भाद्र २१ गते, मंगलवार ०२:५५

२१ भाद्र २०७९, काठमाडौ: पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपालको सहभागिताबारे परराष्ट्र मन्त्रालय र सरकारले स्पष्ट पार्नुपर्ने माग गरेकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कोइरालाले चीनले अघि सारेको सैन्य रणनीतिमा नेपाल सहभागी भएको हो कि होइन र त्यसमा सरकारको धारणा के हो भनेर जवाफ मागेकी हुन् ।

National Life

परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमण, नेपालका लागि चिनियाँ राजदूतले सार्वजनिक रूपमा राखेका धारणा र चीनका उच्च अधिकारीले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग गरेको छलफलमा ग्लोबल सेक्युरिटी इनिसिएटिभबारे चर्चा गरेको विषयमा सरकार बोल्नुपर्ने कोइरालाको भनाइ थियो ।


‘यी तीनवटै प्रसंगमा नेपालको परराष्ट्र संस्थापन मौन रह्यो। नेपालको स्थापित परराष्ट्र नीतिबमोजिम नेपाल कुनै पनि सुरक्षा गठबन्धनमा मौन रहने भन्ने नीति छ। यो जनचासोको विषयमा स्पष्ट पार्न सरकारसँग अनुरोध गर्दछु,’ उनले भनिन्, ‘कुनै पनि सुरक्षा गठबन्धनमा सहमति नगर्ने हाम्रो नीति छ। असंलग्न परराष्ट्र रणनीतिमा नेपालको समर्थन र संलग्नता छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपालको सन्दर्भलाई लिएर चीनको तर्फबाट आएका अभिव्यक्तिलाई लिएर सरकार नबोलेको विषयमा आफूलाई आश्चर्य लागेको कोइरालाको भनाइ थियो ।


त्यस्तै, चीनले तातोपानी नाका खोल्न आनाकानी गरेकाले नेपाली व्यापारी र उपभोक्ता समस्यामा परेको कोइरालाको भनाइ थियो । उनले भनिन्, ‘तातोपानी नाका चीनले रोकेर नेपाली व्यापारी पीडित भइरहेका छन् । दसैमा महँगी बढेको छ । यसको तत्काल समाधान गरियोस् ।’

प्रतिकृया