• ४ साउन २०८३, सोमबार
  • १०:४४ बेलुका

निलम्बित प्रधानन्यायाधीश राणाको बयान आज पनि हुँदै

प्रकाशित मिति

२०७९ भाद्र १६ गते, बिहीबार १०:५२

१६ भाद्र २०७९, काठमाडौँ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान आज पनि हुँदैछ । आज पुनः ११ बजे राणालाई बयानका लागि बोलाइएको हो ।प्रतिनिधि सभाको महाभियोय सिफारिस समितिले जबराको बयान लिइरहेको छ ।


बुधबार समितिले सिंहदरबार चोलेन्द्रको बयान लिएको थियो । तर बयान नसकिएपछि उनको आज पनि बयान हुने कांग्रेस सांसद मीन विश्वकर्माले जानकारी दिए ।

Kamana Sewa

समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरेको थियो तर बुधबार उनले ४ वटा प्रश्नको मात्र जवाफ दिएका छन् । बयानका क्रममा जबराले आफूमाथिको महाभियोग प्रस्ताव नै अवैध रहेको तर्क गरेका थिए ।

Classic Tech Desktop

उनले आफूमाथि प्रतिशोधका आधारमा महाभियोग लगाइएको जिकिर गरेका थिए । बुधबार जबराले चार घण्टा बयान दिएका थिए ।

प्रतिकृया