• १४ असोज २०८३, बुधबार
  • ११ः०४ राती

कतार विश्वकप : हय्या भएकालाई युएई र साउदी प्रवेश गर्न भिसा नचाहिने

प्रकाशित मिति

२०७९ भाद्र १५ गते, बुधबार ०८:०४

१५ भाद्र २०७९, दोहा : आगामी नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप-२०२२ हेर्न आउने दर्शकलाई संयुक्त अरब इमिरेट्सले (युएई) ले पनि भिसा दिने भएको छ । युएईले आसन्न कतार विश्वकपको अवधिमा हय्या कार्ड होल्डरहरूलाई मल्टिपल एक्जिट रिइन्ट्री भिसा दिने घोषणा गरेको हो । सबै हय्या कार्ड होल्डरहरूले भिसा जारी भएको मितिदेखि ९० दिनसम्म युएईमा प्रवेश गर्न र बस्न सक्ने जनाइएको छ ।

National Life

भिसा थप ९० दिनका लागि लम्ब्याउन सकिने युएईको सरकारी मिडिया कार्यालयले आफ्नो ट्विटर ह्यान्डलमार्फत जनाएका छन् । हय्या कार्ड होल्डरहरूले भिसाको वैधता अवधिमा धेरै प्रविष्टिहरू अनुमति दिइने जनाएको छ । हय्या कार्ड होल्डरहरूले १०० दिराम तिरेर थप ९० दिनका लागि भिसा थप्न सक्ने जनाएको छ । भिसा आवेदन नोभेम्बर १, २०२२ मा मार्फत सुरु हुनेछ। जहाँ भिसा कसरी प्राप्त गर्ने भन्नेबारे चरण-चरण प्रक्रिया उपलब्ध हुनेछ ।


यसअघि साउदी अरबले पनि कतार विश्वकपको समयमा हय्या कार्ड हुने दर्शकले साउदी प्रवेश गर्न भिसा लिन नपर्ने जनाइसकेको छ । हय्या कार्ड भएका यात्रुले साउदी प्रवेशका लागि निवेदन दिनुपर्नेछ। यो नियम विश्वकप सुरु हुन १० दिनअघि देखि नियम लागू हुनेछ। भिसा ६० दिन सम्मका लागि मान्य हुने साउदीले जनाएको छ। भिसाको अवधिभर जुनसुकै बेला आवतजावत गर्न पाइने छ। फिफाका दर्शकहरूलाई मध्यनजर गर्दै यस्तो सुविधा दिने साउदी अरब पछि युएई दोस्रो मुलुक हो । १८ डिसेम्बरसम्म चल्ने प्रतियोगिताका लागि विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया