• १८ भदौ २०८३, बिहीबार
  • ७ः११ बेलुका

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति

२०७९ भाद्र १३ गते, सोमबार ११:१४

१३ भाद्र २०७९, काठमाडौं : कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मनाङ नारपु गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-१५ बस्ने ३७ वर्षीय छिरिङ लोप्साङ लामालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। सर्वोच्च अदालतको २०७५ पुस १ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो ।


उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको छ।

Kamana Sewa

प्रतिकृया