• २०:४१ २०८० चैत्र १६ गते
  • 8:41 pm

राष्ट्र बैंकले ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै

प्रकाशित मिति

२०७९ भाद्र १३ गते, सोमबार १०:३३

nepa rastra bank arthasansa e1661748530106

१३ भाद्र २०७९, काठमाडौं : नेपाल राष्ट्र बैंकले भदौ १४ गते ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले आगामी मंगलबार ९१ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी बिलको सोमबार बोलकबोल हुनेछ। राष्ट्र बैंकले ९१ दिनका लागि ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल आउँदो मंसिर १३ गते परिपक्व हुनेछ। यो ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ।


बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

प्रतिकृया