• १९ भदौ २०८३, शुक्रबार
  • ६ः५८ बेलुका

व्यवस्थित शहरीकरण आजको आवश्यकता हो : प्रधानमन्त्री देउवा

प्रकाशित मिति

२०७९ भाद्र ११ गते, शनिबार ०४:०१

११ भाद्र २०७९, काठमाडौं:  प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा निर्माण भएका र निर्माणको चरणमा रहेका शहरहरूलाई व्यवस्थित र योजनावद्ध रूपमा अगाडि (निर्माण) बढाउनुपर्ने बताएका छन् । शनिबार बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै देउवाले सो कुरा बताएका हुन् । प्रधानमन्त्री देउवाले शहरलाई व्यवस्थित रुपमा निर्माण गर्नु आजको आवश्यकता रहेको बताए।


कार्यक्रममा लिखित मन्तव्य दिएका प्रधानमन्त्री देउवाले व्यवस्थित शहर नहुँदा स्वास्थ्य विपति र सामाजिक विकृति फैलिने गरेको बताए । व्यवस्थित शहरीकरणबाट मात्रै आर्थिक, सामाजिक र शैक्षिक गतिविधिले गति लिन सक्ने बताउँदै उनले यसबाट मात्र दीगो विकास लक्ष्य हासिल गर्न सकिने स्पष्ट पारे ।

Kamana Sewa

बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले यहाँको पर्यटकीय, आर्थिक र शैक्षिक विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गर्दै देउवाले यसलाई व्यवस्थित रुपमा चलाउनुपर्नेमा जोड दिए । ‘नेपालको कुल जनसंख्याको २ तिहाई शहरी क्षेत्रमा बसोबास गर्छन्, अनियन्त्रित बसाइसराई रोक्न हिमाली र पहाडी क्षेत्रमा पनि व्यवस्थित शहरीकरणको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ ’ प्रधानमन्त्री देउवाले भने ।

Classic Tech Desktop

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन कार्यक्रमलाई गृहमन्त्री बालकृष्ण खाण, पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शहरी विकास मन्त्री मेटमणि चौधरी, पूर्व मन्त्री रामकुमारी झाँक्री, बुटवल नगरपालिका मेयर खेलराज पाण्डे लगायतले पनि सम्बोधन गरेका थिए ।

प्रतिकृया