• १७ भदौ २०८३, बुधबार
  • ४ः२७ बेलुका

वडामा रहने आधारभूत स्वास्थ्य केन्द्रको संगठन संरचना तयार, कुन पदमा कति जनशक्तिर ?

प्रकाशित मिति

२०७९ भाद्र ११ गते, शनिबार ११:५१

११ भाद्र २०७९, काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्रस्तावित संगठन संरचना सार्वजनिक गरेको छ। मन्त्रालयले पालिकाहरुको वडामा रहने आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई जनसंख्याको आधारमा तीन तहमा बर्गिकरण गरी दरबन्दी प्रस्ताव गरेको छ। ५ हजार बढी जनसंख्या भएको वडामालाई क बर्गमा राख्दै १० जना, २ हजार देखि ५ हजारसम्म जनसंख्या भएको वडाको आधारभूत स्वास्थ्य केन्द्रलाई ख बर्गमा राख्दै ८ जना र २ हजार भन्दा कम जनसंख्या भएको वडाको आधारभूत स्वास्थ्य केन्द्रलाई ग वर्गमा राख्दै ६ जनाको दरबन्दी प्रस्ताव गरिएको छ।


क वर्गको आधारभूत स्वास्थ्य केन्द्रमा पाँचौ, छैटौं र सातौं तहको हेल्थ असिस्टेन्टरसिअहेब १, पाँचौ, छैटौं र सातौं तह स्टाफ नर्स वा अनमी १ जना, चौथो, पाँचौ, छैटौ तहको ल्याब असिस्टेन्ट १ जना, चौथो, पाँचौ छैटौ तहको समुदाय स्वास्थ्य सहायक ३ जना, चौथो, पाँचौ छैटौ तहको समुदाय नर्स सहायक ३ जना र कार्यलय सहायक १ जना रहने व्यवस्था छ। क वर्गको आधारभूत स्वास्थ्य केन्द्र ५ हजार बढी जनसंख्या रहेको क्षेत्रमा हुने व्यवस्था छ।

Kamana Sewa

यसैगरी, २ देखि ५ हजार भित्र जनसंख्या भएको क्षेत्रमा रहेको ख वर्गको आधारभूत स्वास्थ्य केन्द्रमा पाँचौ, छैटौं र सातौं तहको हेल्थ असिस्टेन्टरसिअहेब १, पाँचौ, छैटौं र सातौं तह स्टाफ नर्स वा अनमी १ जना, चौथो, पाँचौ, छैटौ तहको ल्याब असिस्टेन्ट १ जना, चौथो, पाँचौ छैटौ तहको समुदाय स्वास्थ्य सहायक २ जना, चौथो, पाँचौ छैटौ तहको समुदाय नर्स सहायक २ जना र कार्यलय सहायक १ जना रहने व्यवस्था छ। क वर्गको आधारभूत स्वास्थ्य केन्द्र ५ हजार बढी जनसंख्या रहेको क्षेत्रमा हुने व्यवस्था छ।

Classic Tech Desktop

२ हजारभन्दा कम जनसंख्या भएको क्षेत्रमा रहेको ग वर्गको आधारभूत स्वास्थ्य केन्द्रमा पाँचौ, छैटौं र सातौं तहको हेल्थ असिस्टेन्ट÷सिअहेब १, पाँचौ, छैटौं र सातौं तह स्टाफ नर्स वा अनमी १ जना, चौथो, पाँचौ, छैटौ तहको ल्याब असिस्टेन्ट १ जना, चौथो, पाँचौ छैटौ तहको समुदाय स्वास्थ्य सहायक १ जना, चौथो, पाँचौ छैटौ तहको समुदाय नर्स सहायक १ जना र कार्यलय सहायक १ जना रहने व्यवस्था छ।


आधारभूत स्वास्थ्य केन्द्रको नेतृत्व हेल्थ असिस्टेन्ट वा सीअहेवले गर्ने प्रस्ताव गरिएको छ। यस्तै हाल चौथो र पाँचौ तहमा कार्यर सिअहेवले आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्वास्थ्य सहायकको रुपमा काम गर्नेछन्। मन्त्रालयले प्रस्ताव गरेको संरचनालाई संसोधन गर्नुपर्ने भएमा सुझाव दिन समेत सरोकारवालासँग अनुरोध गरेको छ। सुझाव मन्त्रालयको इमेल [email protected] मा १ हप्ताभित्र पठाउन सकिनेछि


प्रतिकृया