• १७ भदौ २०८३, बुधबार
  • ५ः२६ बेलुका

वनस्थली-ढुंगेधारामा पनि चल्यो डोजर

प्रकाशित मिति

२०७९ भाद्र ११ गते, शनिबार १०:५२

११ भाद्र २०७९, काठमाडौं:  अवैध र अनधिकृत रुपमा प्रयोग भइरहेका घर-टहरा भत्काउने अभियानलाई काठमाडौं महानगरपालिकाले शनिबार पनि निरन्तरता दिएको छ । वनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा महानगरले भत्काउन थालिएको महानगरपालिकाले जानकारी दिएको छ ।


महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गामा रहेको, स्वीकृत नलिई बनाइएको घर टहरा आज बिहानबाट भत्काउन सुरु गरिएको हो । महानगर प्रहरी, नेपाल प्रहरीसहितको टोली वनस्थली चोकमा रहेका छ्न् । केही स्थानीयले विरोध गरे पनि डोजर लगाउन सुरु भएको पाण्डेले बताए।

Kamana Sewa

महानगरपालिकाका अनुसार वनस्थलीबाट ढुङ्गेधारा जाने बाटोमा रहएको अनधिकृत ७ वटा टहरा भत्काइएको छ । यस्तै सडकबाट नै घरमा राखेको ३ वटा भर्‍याङ, एउटा घरको बलेसी भत्काएको महानगर प्रहरीले जानकारी दिएको छ । अनधिकृत घर टहरा भत्काउने कार्य शनिबारलाई स्थगित भएको छ । पुनस् आइतबारदेखिय अभियानले निरन्तर पाउने महानगरपालिकाले बताएको छ ।

Classic Tech Desktop

प्रतिकृया