• १४ असोज २०८३, बुधबार
  • १०ः१४ राती

धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँड बुधबार

प्रकाशित मिति

२०७९ भाद्र ७ गते, मंगलवार ११:०३

७ भदौ २०७९ काठमाडौं: धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गते, मंगलबारबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) को बाँडफाँड भदौ ८ गते बुधबार हुने भएको छ। बिक्रि प्रबन्धक सनराईज क्यापिटलले यसअघि मंगलबार नै संस्थाको आईपिओ बाँडफाँड तयारी गरेको भएता पनि विशेष कारण बाँडफाँड बुधबारलाई सरेको जनाएको छ।
संस्थाको आईपिओ बाँडफाँड बुधबार बिहान १० बजे बिक्रि प्रबन्धकको कार्यलयमा हुने छ ।

National Life

लघुवित्तको आईपीओको प्रि–अलटमेन्टको काम भने आइतबार नै सकिएको थियो। संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको हो। कुल कित्ताको ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ९ हजार २९५ कित्ता सर्वसाधारणलाई बिक्रि गरिने छ।


अन्तिम दिनसम्म १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन लागि आवेदन दिएका छन् । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

संस्थाको आईपीओमा आवेदन दिनेहरु मध्य भाग्यमानी ३० हजार ९ सय २९ जनाले मात्र सेयर प्राप्त गर्ने छन। सेयर पर्नेहरुमध्यबाट १० कित्ताभन्दा बढि आवेदन दिने आवेदकहरु मध्यका ५ जनाले भने ११ कित्ता सेयर हात पार्नेछन् ।

प्रतिकृया