• ०४:५९ २०८१ बैशाख ७ गते
  • 4:59 am

इष्टर्न हाईड्रोपावरको आईपीओमा आयोजना प्रभावित स्थानीयले आवेदन दिन सकिने

प्रकाशित मिति

२०७९ भाद्र ७ गते, मंगलवार १०:३१

Eastern logo

७ भदौ २०७९ काठमाडौं: इष्टर्न हाईड्रोपावर कम्पनी लिमिटेडले आज भदौ ७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा ६ लाख २० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। यस आईपीओमा आयोजनाबाट अति प्रभावित भोजपुर जिल्लाका सबै स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।


स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। उक्त आईपीओमा छिटोमा २१ भदौसम्म र ढिलोमा ५ असोजसम्म आइपीओ खुला रहनेछ । यो आइपीओको प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेकाे छ।


आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

प्रतिकृया