• ११:५८ २०८० फाल्गुन ११ गते
  • 11:58 am

एभरेष्ट बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

प्रकाशित मिति

२०७९ भाद्र ५ गते, आईतवार ०५:२१

everest VEAb2gv195

५ भदौ २०७९, काठमाडौं:  एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुसिकोट सेरिगाऊँ रुकुमको श्री यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई बेन्च र डेस्कको व्यवस्थापनको लागि चार लाख उनान्सत्तरी हजार नौ सय दश रुपैयाँ आर्थिक सहयोग गरेको छ ।


सो कार्यक्रममा एभरेष्ट बैंकका सीएसआर कमिटीको तर्फबाट सदस्य डा. गणेश राज गुरुङले विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष महेन्द्र राज गौतमलाई चेक हस्तान्तरण गरेका थिए । यसबाट विद्यालयको समष्टिगत विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । सो कार्यक्रममा बैंकका बजार विभाग प्रमुख पुष्प राज उप्रेतीको समेत उपस्थिति रहेको थियो।

dursanchar

प्रतिकृया