• ४ साउन २०८३, सोमबार
  • ७:४३ बेलुका

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल हिमाली क्षेत्रमा सक्रिय, ११ जिल्लाहरूमा ३२ लाखको शैक्षिक सामाग्री वितरण गर्ने

प्रकाशित मिति

२०७९ भाद्र ३ गते, शुक्रबार ०५:१८

३ भदौ २०७९, काठमाडौं: प्राज्ञिक विद्यार्थी परिषद् नेपाल हिमाली जिल्लाहरुमा पनि सक्रिय भएको छ । परिषदले ११ हिमाली जिल्लाहरूमा शैक्षिक सामाग्रीहरू वितरण गर्ने भएको छ। आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिषदले कक्षा ११ र १२ मा अध्ययनरत १८ सय १० जना विद्यार्थीहरूलाई ३२ लाख २७ हजार मूल्य बराबरको शैक्षिक सामाग्री वितरण गर्न लागेको जानकारी दिएको हो ।


परिषदको सेवाकार्यअन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रम २०७९मा सिन्धुपाल्चोक, दोलखा, रसुवा, बझाङ, ताप्लेजुङ, मनाङ, मुस्ताङ, गोरखा, मुगु, डोल्पा र हुम्ला जिल्लामा शैक्षिक सामग्री वितरण गर्ने भएको हो ।

Kamana Sewa

प्रतिकृया