• २६ भदौ २०८३, शुक्रबार
  • ६ः०३ बेलुका

एक वर्षमा कति कमायो टेलिकमले ?

प्रकाशित मिति

२०७९ श्रावण ३१ गते, मंगलवार १०:३८

३१ साउन २०७९, काठमाडौं: नेपाल टेलिकमले आर्थिक वर्ष २०७८–७९ को चौथो त्रैमासिकको वित्तीय विवरण प्रस्तुत गरेको छ । जसअनुसार टेलिकमले गत असार मसान्तसम्म ३७ अर्ब ८८ करोड ९९ लाख ५८ हजार नाफा कमाएको छ । एक वर्षको अवधिमा टेलिकमले एक अर्ब ९५ करोड ४२ लाख ७५ हजार रुपैयाँ कमाएको पनि उल्लेख गरिएको छ ।

National Life

२०७८ असार मसान्तसम्ममा कम्पनीको कुल सञ्चालन आय ३५ अर्ब ९३ करोड ५६ लाख ८३ हजार रहेकोमा चालु आर्थिक वर्षको २०७९ असार मसान्तसम्म १ अर्ब ९५ करोड ४२ लाख ७५ हजार रुपैयाँ (अर्थात ५.४४ प्रतिशत) ले वृद्धि भई ३७ अर्ब ८८ करोड ९९ लाख ५८ हजार रुपैयाँ रहेको टेलिकमले जनाएको छ ।


गत आ।व। को चौथो त्रैमासिक अवधि (२०७८ असार मसान्त) सम्मको कुल आय रु. ४२ अर्ब २० करोड ९९ लाख ३ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७९ असार मसान्त) सम्ममा कुल आय रु. २ अर्ब ११ करोड १४ लाख ५४ हजार (अर्थात् ५ प्रतिशत ) ले वृद्धि भई रु. ४४ अर्ब ३२ करोड १३ लाख ५८ हजार रहेको पनि टेलिकमले उल्लेख गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

गत आ.व. को चौथो त्रैमासिक अवधि (२०७८ असार मसान्त) सम्मको खुद मुनाफा रु. ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार रहेकोमा चालु आ.व. को सोही अवधिसम्ममा (२०७९ असार मसान्त) मा रु. १ अर्ब २५ करोड ६ लाख ४७ हजारले वृद्धि भई रु. ८ अर्ब ३८ करोड ८८ हजार रहेको छ ।


टेलिकमले दिएको तथ्याङ्कअनुसार गत आ।व।को चौथो त्रैमासिक अवधिसम्मको तुलनामा चालु आ.व.को सोही अवधिसम्मको खुद मुनाफामा परिवर्तन हुनुको प्रमुख कारणहरुमा डेटा सेवाको प्रयोगमा वृद्धि भएका कारण जीएसएम डेटातर्फ करिब रु. ५० करोड वृद्धि भएको र फोरजी सेवाको व्यापक विस्तार गरिएका कारण जीएसएम भ्वाइस सेवाको प्रयोग वृद्धि भई करिब रु. २ अर्ब ५५ करोड वृद्धि भएको छ ।


त्यस्तै कार्य सञ्चालन आयमा कमी भएकोसमेत जनाइएको छ । अन्तरआबद्धता सम्बन्धी निर्देशिका अनुसार आन्तरिक अन्तरआबद्धता शुल्कमा कमी आएको र ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा करिब रु. ७० करोडले कमी भएको छ । त्यस्तै वायरलेस सेवाको प्रयोगमा वृद्धि भएसँगै वायरलाइन सेवाको प्रयोग घटेकाले राजस्वमा करिब रु. २१ करोडले कमी आएको उल्लेख गरिएको छ ।


त्यस्तै सीडीएमए सेवा जीएसएम सेवामा प्रतिस्थापन गरिएको हुँदा करिब रु. १२ करोडले कमी आएको पनि उल्लेख गरिएको छ । त्यस्तै गैर कार्य सञ्चालन आयमा वृद्धि भएको उल्लेख छ । जसअनुसार बैंक ब्याजदरमा भएको परिवर्तनका कारण ब्याज आम्दानी करिब रु। ७७ करोडले वृद्धि भएको जनाइएको छ ।


साथै विदेशी विनिमय दरमा भएको परिवर्तनका कारण करिब रु। ३७ करोड विदेशी मुद्रा लाभ एको छ । टेलिकमले कम्पनीको लेखा नीति तथा आईएफआरएस–एनएफआरएस बमोजिम हानि तथा वित्तीय लागतमा गत आ।व।मा भन्दा कमी आएको उल्लेख गरेको छ ।

प्रतिकृया