• १६ असोज २०८३, शुक्रबार
  • ११ः३४ राती

यस्तो छ विष्णु माझीको तीज विशेष ‘चरी जेलैमा २’ (भिडिओ)

प्रकाशित मिति

२०७९ श्रावण २६ गते, बिहीबार ०६:५७

२६ साउन २०७९, काठमाडौँ : ‘चरी जेलैमा’को सिक्वेलको रुपमा ‘चरि जेलैमा २’ सार्वजनिक भएको छ। गायिका विष्णु माझीको स्वरमा रहेको उक्त गीत बुधबार सार्वजनिक भएको हो। गत वर्ष निकै चलेको तीज गीत ‘चरी जेलैमा’ तीजको छेकोमा सार्वजनिक भए पनि लामो समयसम्म चर्चामा थियो।

National Life

सोही चर्चित गीतको सिक्वेल ‘चरी जेलैमा २’ यो वर्षको तीज विशेष गीतका रुपमा सार्वजनिक भएको छ। गायिका माझीको स्वर रहेको गीतमा शब्द तथा संगीत माझीका श्रीमान सुन्दरमणि अधिकारीले दिएका छन् भने कोरसमा महिमा आचार्य रहेकी छिन्।


गीतमा ललिता पौडेलले अभिनय गरेकी छिन् भने यसलाई शम्भु चालिसेले खिचेका हुन्। गीतको भिडियोको निर्देशन पनि अधिकारीलले नै गरेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

हेर्नुहोस गीत :

चरी जेलैमा २ | Bishnu Majhi New Nepali Teej Song 2079/2022 | CHARI JELAIMA 2| Putaliko Bhatti -18 4k – YouTube

प्रतिकृया