• १६ असोज २०८३, शुक्रबार
  • १२ः०५ राती

गठबन्धनमा सय सिट दाबी गर्न देउवामाथि दबाब

प्रकाशित मिति

२०७९ श्रावण २४ गते, मंगलवार ०६:४८

२४ साउन २०७९, काठमाडौँ : आगामी ४ मंसिरमा तय प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फको १ सय ६५ सिटमा सय सिट हात पर्नेगरी माग दाबी गर्न कांग्रेस नेतृत्वमाथि दबाब बढेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सय सिट हात पर्नेगरी गठबन्धनमा आबद्ध दलबीच तालमेलसहित अघि बढ्न सुझाइएको छ ।

National Life

‘चुनावी तालमेल गर्दा पार्टीको स्थिति विश्लेषण हुनुपर्छ, आमनेताकार्यकर्ताको भावनाअनुसार हुनुपर्छ, हामीले सभापतिलाई स्पष्ट भनेका छौं, सय सिट माग दाबी कांग्रेसले राख्नुपर्छ,’ एक पदाधिकारीले बैठकमा भएको छलफल’ जानकारी दिँदै भने । बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले भने ‘पार्टीका नेताका सुझाव र गठबन्धनमा आबद्ध दलका नेतासँग छलफल गरेर सिट बाँडफाँटको निर्णय हुने’ जानकारी गराएका छन् । त्यसक्रममा देउवाले ‘विपक्षी दलको रणनीतिसमेत आधार बनाएर सिट बाँडफाँट निर्णय हुने’ जवाफ दिएका छन् ।


‘पार्टी नेताका सुझाव र गठबन्धनमा आबद्ध दलका नेतासँग छलफल गरेर सिट बाँडफाँट निर्णय हुन्छ भन्ने सभापतिको धारणा छ,’ ती नेताले भने, ‘मुख्य कुरा विपक्षी दलको रणनीतिसमेत आधार बनाएर सिट बाँडफाँटको निर्णय हुने सभापतिको दृष्टिकोण देखियो ।’ यो समाचार राजधानी दैनिकमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया