पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध
प्रकाशित मिति
२०७९ श्रावण २३ गते, सोमबार ०६:५५
२३ साउन २०७९, काठमाडौँ : नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ केराबारीस्थित मौरी खोलामा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
आज साँझ ५ बजे पहिरो खसी सडक अवरुद्ध भएको हो । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन् । पहिरो पन्छाउनका लागि डिभिजन सडक कार्यालयसँग समन्वय भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।
Related
Recent News
- विज्ञको जोड- विद्युत निर्यातभन्दा आन्तरिक खपत वृद्धि गर्नु मुलुकका लागि दिर्घकालीन फाइदा
- प्रधानमन्त्री ओलीसँग इजरायलका राजदूतको शिष्टाचार भेट
- ६ महिनामा कांग्रेस-एमाले सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेकाे विपक्षी दलहरुकाे आरोप
- छ जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
- आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने चेम्बरको तयारी
- गृह मन्त्रालयले दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियालाइ अघि बढाउँदै
- राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय
- भीम रावलले राखे नयाँ पार्टीको नाम
- काठमाडौँ महानगरलाई दुग्ध विकास संस्थानले एकैपटक तिर्यो ३१ वर्षको सम्पत्ति कर
प्रतिकृया