• १९ भदौ २०८३, शुक्रबार
  • ८ः४१ राती

संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले साउन १८ गते नागरिकता विधेयक र भ्रष्टशासनको विरुद्ध वृहत जनप्रदर्शन गर्ने

प्रकाशित मिति

२०७९ श्रावण १३ गते, शुक्रबार ०५:१७

१३ साउन २०७९ काठमाडौं: संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले आगामी साउन १८ गते नागरिकता विधेयक र भ्रष्टशासनको विरुद्ध वृहत जनप्रदर्शन गर्ने भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर मोर्चाले १८ गते साँढे १२ बजे माइतीघर मण्डलामा जनप्रदर्शन गर्ने कार्यक्रम रहेको जानकारी दिएको हो ।


मोर्चाले वैदेशिक रोजगारीको क्रममा ८० लाख नागरिकमाथि भएको श्रम शोषणको अन्त्य गरी तत्काल राज्यको पहलमा क्षपिपुर्ती दिने व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

Kamana Sewa

मोर्चाले न्याय क्षेत्रमा हुने भ्रष्ट्रचार, अनियमितता माथी छानविन गरी न्यायालयसंग सम्बन्धीत व्यक्तिहरुको सम्पती छानविन गरी आवश्यक कार्वाही गर्न समेत माघ अघि सारेको छ । तत्कालीन सेना समायोजनको क्रममा अबौं रुपैयाँ रकम घोटाला भएको प्रकरणमा छानविन अगाडी बढाई दोषीलाई कारवाही गर्न र तत्कालीन जनमुक्ति सेनाहरुलाई रोजगार र सुरक्षाको व्यवस्था गर्नुपर्ने मोर्चाले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया