• १३ असोज २०८३, मंगलबार
  • २ः५० दिउँसो

प्रचण्ड आगामी साता जापान जाने

प्रकाशित मिति

२०७९ श्रावण १२ गते, बिहीबार ०८:३६

१२ साउन २०७९, काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएका छन् । नेपाली जनप्रगतिशील मञ्च जापानका अनुसार प्रचण्ड आगामी साता टोकियो जान लागेका हुन् । प्रचण्डले टोकियोमा ‘समृद्ध नेपालको आधार आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

National Life

टोकियो खामेइदो कल्चर सेन्टरमा आगामी अगस्ट ७ तारिख हुने कार्यक्रममा त्यहाँस्थित नेपाली समुदायको उपस्थिति रहने आयोजकले जनाएको छ । हालै भारतको औपचारिक भ्रमण गरेर स्वदेश फर्किएका प्रचण्ड जापानबाट फर्केपछि चीन जाने बताइएको छ।

प्रतिकृया