• १८ असोज २०८३, आइतबार
  • १२ः२६ राती

ट्राफिक जनचेतनाका लागि साहित्य

प्रकाशित मिति

२०७९ श्रावण ६ गते, शुक्रबार ०१:२४

६ साउन २०७९, काठमाडौंः मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जका १०औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित साहित्यका माध्यमबाट सडक सुरक्षासम्बन्धी ट्राफिक जनचेतना प्रवर्द्धन कार्यक्रम काठमाडौँ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मंगलबार सम्पन्न भयो।

National Life

सो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले शान्ति सु-व्यवस्था लगायत बढ्दै गएको सडक सुरक्षामा ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण बताए।ट्राफिक प्रहरीले सडक सुरक्षालाई अझ प्रभावकारी बनाउनका लागि साहित्य समाज, विद्यार्थी, युवावर्ग लगायतका हरेक समुदायसँग जनचेतनामूलक अन्तरक्रिया कार्यक्रमलाई अझ प्रभावकारी रुपमा संचालन गर्नुपर्ने विचार उनले व्यक्त गरे।


साथै उनले ट्राफिक प्रहरीले संचालन गर्ने हरेक कार्यक्रमलाई प्रवर्धन र सहयोग गर्न नेपाल प्रज्ञा प्रतिष्ठान सदैव तयार रहेको उल्लेख गरे।कार्यक्रममा अवसरमा मेट्रो ट्राफिक एफएम व्यवस्थापन समितिकी अध्यक्ष तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले समाजका हरेक वर्गसम्म सडक सुरक्षालाई जोड्न साहित्यले अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया