• ४ साउन २०८३, सोमबार
  • ७:५० बेलुका

संसदीय विशेष छानबिन समितिको बैठक सुरू, पूर्वअर्थमन्त्री शर्मा उपस्थित

प्रकाशित मिति

२०७९ श्रावण ५ गते, बिहीबार १०:००

५ साउन २०७९, काठमाडौंः संसदीय विशेष छानबिन समितिको बैठक सुरू भएको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बैठक बिहिबार बिहान सिंहदरबारमा सुरू भएको हो। बैठकमा निवर्तमान अर्थमन्त्री शर्मा उपस्थित भएका छन्। आजको बैठकमा पूर्वमन्त्री सँग छलफल हुने कार्यसूची अनुसार बैठकमा शर्मा उपस्थित भएका हुन्।


समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार समितिले यसअघि बुधबारको बैठकमा अर्थमन्त्री र अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत दुई पत्रकार सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ गरेको थियो।यसैगरी समिति संयोजक लक्ष्मणलाल कर्णले छानबिनका लागि संसदले दिएको १० दिन समय नपुग्ने भन्दै म्याद थपको विषयमा छलफल गर्ने बताए। ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने उनले बताए। सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिलाई छानबिनका लागि १० दिनको दिएका थिए।

Kamana Sewa

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ। उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो।

Classic Tech Desktop

प्रतिकृया