• १३ असोज २०८३, मंगलबार
  • ६ः५४ बेलुका

भारतः अवैध उत्खनन रोक्न पुगेका डीएसपीको टिपरले किचेर हत्या

प्रकाशित मिति

२०७९ श्रावण ४ गते, बुधबार ११:०३

४ साउन २०७९, काठमाडौंः भारतको हरियाणास्थित पचगांवमा प्रहरीका एकजना डीएसपीको हत्या भएको छ। बीबीसी हिन्दीका अनुसार सुरेन्द्र सिंह बिश्नोईको टिपरले किचेर हत्या गरिएको हो। यस मामिलामा प्रहरीले एकजनालाई पक्राउसमेत गरेको छ।

National Life

सिंहलाई पचगांव नजिक रहेको अरावली पहाडमा अवैध उत्खनन भइरहेको सूचना प्राप्त भएको थियो। सोही सूचनाको आधारमा मंगलबार दिउँसो १२ बजे एक ड्राइभर र प्रहरीलाई लिएर छापा मार्न पुगेका थिए। त्यहाँ पुगेर उनले एउटा सन्दिग्ध टिपरलाई रोकेर आवश्यक कागजपत्र माग गरेका थिए। तर, टिपरका चालकले गाडी उनीमाथि चढाएका थिए। उनको घटनास्थलमा नै मृत्यु भयो ।


हरियाणा प्रहरीले ट्वीट गर्दै भनेको छ, ‘आफ्नो जिम्मेवारी निर्वाह गर्दैगर्दा डीएसपी सुरेन्द्र सिंहले आफ्नो गुमाएका छन्। हरियाणा प्रहरीको समवेदना पीडित परिवारको साथमा छ। दोषीलाई कारबाही गर्न कुनै कसर बाँकी राखिनेछैन ।’

Classic Tech Mobile
Classic Tech Desktop

सिंह १९९४ मा एएसआईका रूपमा प्रहरीमा भर्ती भएका थिए । उनी तावडूमा डीएसपी पदमा तैनाथ थिए। उनी चार महिनापछि रिटायर हुन लागेका थिए । मुख्यमन्त्री लाल खट्टरले सिंहलाई शहीदको दर्जा दिइने बताएका छन् । त्यस्तै, मृतकको परिवारलाई १ करोड भारुको आर्थिक सहायता र परिवारको एक सदस्यलाई सरकारी जागिर दिने पनि उनले घोषणा गरेका छन् ।

प्रतिकृया