• १३ असोज २०८३, मंगलबार
  • ६ः५३ बेलुका

चीनमा गर्मी, केही शहरमा सचेत रहन चेतावनी

प्रकाशित मिति

२०७९ श्रावण १ गते, आईतवार ०६:१५

१ साउन २०७९, एजेन्सी : गर्मी बढेसँगै चीनको राष्ट्रिय वेधशालाले उच्च तापक्रमबाट जोगिन सर्वसाधारणमा चेतावनी जारी गरेको । तातो वायुको प्रवाह व्यापक भएपछि वेधशालाले आज त्यस्तो चेतावनी जारी गरेको हो ।

National Life

आइतबार दिउँसो सिन्जियाङ, शान्सी, हेबेई, बेइजिङ, हुबेई र अन्य क्षेत्रहरूमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुने अनुमान राष्ट्रिय मौसम विज्ञान केन्द्रले गरेको छ । शान्सी र झेजियाङका केही भागमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने उक्त केन्द्रले जनाएको छ ।


केन्द्रले दिउँसो उच्च तापक्रम हुने भएकाले घर बाहिरका गतिविधिमा संलग्न नहुन तथा लामो समयसम्म बाहिर काम गर्नुपर्ने कामदारहरूलाई आवश्यक सुरक्षात्मक उपायहरू अवलम्बन गर्न सुझाव दिएको छ । चीनले मौसम चेतावनी प्रणालीमा चार किसिमका रङ्गको प्रयोग गर्दै आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मौसमसम्बन्धी गम्भीर चेतावनी दिन चीनले रातो, सुन्तले, पहेँलो र नीलो रङलाई प्रतीकात्मक रूपमा प्रयोग गर्दै आएको छ । आज जारी गरेको चेतावनी केही कम गम्भीर प्रकृतिको हो ।

प्रतिकृया