• १४ असोज २०८३, बुधबार
  • ४ः४५ बेलुका

रुसी सेनाको हमलामा १५ युक्रेनीको मृत्यु

प्रकाशित मिति

२०७९ असार २७ गते, सोमबार ०७:२६

२७ असार २०७९, किभ : पूर्वी युक्रेनको चासिभ यार सहरमा रहेको एउटा अपार्टमेन्ट ब्लकमा रुसी सेनाको रकेट हमलामा कम्तीमा १५ जना युक्रेनीको मृत्यु भएको छ। आक्रमणमा करिब २० जना भग्नावशेषमुनि पुरिएको अधिकारीहरूले बताएका छन् ।

National Life

पाँच जना पीडितलाई भग्नावशेषबाट जीवितै बाहिर निकालिएको युक्रेनी आपतकालीन सेवाका अधिकारीले दिएका छन् । पाँच तले भवनको एक छेउको भाग भत्किएर भग्नावशेषको पहाडमा परिणत भएको प्रापत विवरणहरुमा जनाइएको छ ।


चासिभ यार दोनेत्स्क सहरमा क्रामाटोरस्क क्षेत्र नजिकै पर्छ । पछिल्ला समयमा रुसी सेनाले युक्रेनका एकपछि अर्को सहरलाई आक्रमण गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया