• 1:17 pm

‘कुशल उत्पादन अभ्याससहित आत्मनिर्भरता तर्फको यात्रामा कोशेढुङ्गा थपियो’: मन्त्री बडू

प्रकाशित मिति

२०७९ असार २२ गते, बुधबार ०६:०४

२२ असार २०७९, काठमाडौंः नेपाल औषधि लिमिटेडले हेमोडाइलाइसिस उपकरण, पानी प्रशोधन तथा वितरण
प्रणाली र एयर ह्यान्डिलिङ युनिट सञ्चालनमा ल्याएको छ।


आज आयोजित एक विशेष समारोहमा तीन वटै सेवाको उद्घाटन गर्नुहुँदै माननीय उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल औषधि लिमिटेडले सञ्चालनमा ल्याएको हेमोडाइलाइसिस उपकरण, पानी प्रशोधन उपकरण र सूक्ष्म—जैविक शाखाको एयर ह्यान्डिलिङ युनिट कुशल उत्पादन अभ्याससहित आत्मनिर्भरता तर्फको यात्रामा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो। मन्त्री बडूले मृतप्रायः अवस्थामा रहेको नेपाल औषधि लिमिटेडलाई पुर्नजीवन दिन पूर्वमन्त्री नविन्द्रराज जोशीले खेलेको भूमिकाको स्मरण गर्दै थप औषधि उत्पादनका लागि आफू छलफलमै रहेको बताए।


उनले आगामी आर्थिक वर्षको बजेटले पनि उत्पादन अभिबृद्धिका लागि विशेष लक्ष्य, नीति तथा कार्यक्रम तय गरेकोले चिकित्सा क्षेत्रमा थप औषधि र औषधि उपचारमा प्रयोग हुने वस्तु उत्पादनलाई समेत प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताए ।उनले नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा पु¥याउने लक्ष्यअनुरुप सरकारले काम गरिरहेको बताउनुभयो।


हेमोडाइलाइसिस उपकरणबाट हेमोडाइलाइसिसको उपचार लिनुपर्ने बिरामीहरुका लागि चाहिने Dialysate (haemodialysis fluid and powder)को नेपालमै अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय उत्पादन हुने लिमिटेडका प्रबन्ध निर्देशक मोहम्मद सफिउल्लाहले जानकारी दिनुभयो । उहाँले यस उपकरणबाट उत्पादनको तयारी पूरा भएको र अब दैनिक ८०० देखि १६०० युनिटसम्म Dialysate उत्पादन गर्न सकिने बताउनुभयो।


त्यसैगरी पानी प्रशोधन उपकरणको स्थापना र सञ्चालनपछि औषधिजन्य प्रयोजनका लागि आवश्यक शुद्ध प्रशोधित पानी उपलब्ध हुनेछ। विगतमा यस्तो प्रणाली नभएकाले नेपाल औषधि लिमिटेडले कुशल उत्पादन अभ्यासको प्रमाण पत्र पाउन नसकि औषधि उत्पादन समेत प्रभावित भएकोमा अब यस प्रणालीमार्फत प्रतिघण्टा १००० लिटर शुद्ध पानी उपलब्ध हुने र यसले औषधि लिमिटेडबाट उत्पादन हुने हेमोडाइलाइसिस र अन्य औषधिहरुको गुणस्तरीय उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


त्यस्तै सूक्ष्म—जैविक शाखाअन्तर्गत एयर ह्यान्डिलिङ युनिटको स्थापनापछि औषधि उद्योगमा प्रयोग हुने पानी, विभिन्न कच्चा पदार्थ र तयारी औषधिहरुको सूक्ष्म जैविक परीक्षण हुनुका साथै औषधि उत्पादन अभ्यास प्रमाणपत्रका लागि थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसअघि लिमिटेडमा यस्तो व्यवस्था थिएन। उल्लेखित प्रणाली जडानमा अमेरिकी सहयोग नियोग ग्क्ब्क्ष्म् र ग्क्ए ले सहयोग गरेको हो ।

प्रतिकृया