पिपुल्स पावरको आईपीओ भर्ने म्याद थप
प्रकाशित मिति
२०७९ असार २२ गते, बुधबार ०१:२६
२२ असार २०७९, काठमाडौंः पिपुल्स पावर कम्पनी लिमिटेडले असार ८ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने म्याद थपिएको छ । यसअघि आज असार २२ गतेसम्म आवेदन दिन पाइने भनिएकोमा अब श्रावण ५ गतेसम्म आवेदन दिन पाइनेछ । छिटो अवधिमा बिक्री नभएपछि म्याद थपिएको हो ।
कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ६ लाख ३२ हजार ६०० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये, इलाम नगरपालिका वडा नं। १ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १ लाख ८९ हजार ७८० कित्ता र सो बाहेकको इलाम जिल्लाका बासिन्दाहरुका लागि ४ लाख ४२ हजार ८२० कित्ता छुट्याइएको छ ।
आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।
लगानीकर्ताहरुले यस आईपीओमा नेपाल बंगलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर र इलाम शाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कमर्शियल बैंकको राँके, मंगलबारे, वितौले, तिन घरे र इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।








प्रतिकृया