• १९ असोज २०८३, सोमबार
  • ५ः३६ बिहान

अर्थमन्त्रीको विवादका कारण सुरु हुन सकेन संसद बैठक

प्रकाशित मिति

२०७९ असार २२ गते, बुधबार १२:५९

२२ असार २०७९, काठमाडौंः संघीय संसद अन्तर्गत बुधबारको प्रतिनिधि सभा बैठक अझै सुरु भएको छैन।बिहान ११ बजे बस्ने कार्यसूची तय भएको बैठक झण्डै १ बजेसम्म बैठक सुरु हुन नसकेको हो। सभामुख अग्नि सापकोटाको कार्यकक्षमा सबै दलका प्रतिनिधिहरूबीच छलफल नसकिएकोले संसद बैठक बस्न नसकेको हो।

National Life

प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको थियो।


तर त्यसअघि अर्थमन्त्री शर्माले आफ्नो धारणा प्रतिनिधि सभामा राख्न चाहेका छन्। एमालेले भने अर्थमन्त्रीको सम्बोधन बहिस्कार गर्ने बताएको छ।अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीमाथि कांग्रेस नेताहरूको चर्को दबाब आउन थालेको छ। चारैतिर अर्थमन्त्रीको आलोचना हुन थालेसँगै नेकपा माओवादी केन्द्र पनि छानबिन समिति बनाउन सहमत देखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया