• १८ असोज २०८३, आइतबार
  • २ः०८ राती

प्रतिनिधि सभाको बैठक बस्दै

प्रकाशित मिति

२०७९ असार २२ गते, बुधबार ११:३९

२२ असार २०७९, काठमाडौंःआज प्रतिनिधि सभाको बैठक बस्दै छ। संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार बैठक बिहान ११ बजे सुरु हुनेछ। दैनिक कार्यसूचीअनुसार आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद्को गठनसम्बन्धी पत्र पढेर सुनाउने छन्।

National Life

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग तेस्रो वार्षिक प्रतिवेदन, २०७८ पेस गर्ने सम्भावित कार्यक्रममा उल्लेख गरिएको छ। यसैगरी आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले रेल्वे विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यक्रम छ।


त्यस्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलेऔषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गयरियोस् भन्ने प्रस्ताव र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९, माथि विचार गरियोस् भन्ने प्रस्तुत गर्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

अन्य सम्भावित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव, राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव र सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।


यसैगरी प्रतिनिधि सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन0 विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यक्रम छ।

प्रतिकृया