• १३ असोज २०८३, मंगलबार
  • ५ः१८ बेलुका

रवि लामिछानेको स्वतन्त्र पार्टी आयोगले दर्ता गर्यो, चुनाव चिन्ह घण्ट

प्रकाशित मिति

२०७९ असार १७ गते, शुक्रबार ०३:५२

१७ असार २०७९ काठमाडौंः रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निवेदन दिएको १० दिनमै निर्वाचन आयोगले दल दर्ता गरेको छ। लामिछानेले असार ७ गते ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गर्दै त्यसै दिन आयोगमा औपचारिक रुपमा दर्ताका लागि निवेदन दिएका थिए।

National Life

सञ्चारकर्मीबाट राजनीतिमा प्रवेश गरेका लामिछाने अध्यक्ष रहेको दललाई आवश्यक कागजात बुझेर दलको मान्यता दिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए। उनका अनुसार दाबी गरे झैँ चुनाव चिन्ह गोलाकार भित्रको घण्ट दिइएको छ। लामिछानेले दाबी गरेको स्वतन्त्र पार्टीले व्यक्तिगत रुपमा राजनीतिमा लाग्नेलाई असर गर्ने भन्दै त्यसलाई मान्यता नदिन आयोगलाई आग्रह गरिएको थियो। तर आयोगले ४५ दिनको समय अवधिमा दल दर्ताको प्रमाणपत्र दिनुपर्ने भए पनि दश दिनमै सबै प्रक्रिया टुंग्याएर शुक्रबार मान्यता दिने निर्णय गरेको हो।

प्रतिकृया