सलमान खान गए रामचरणको घर
प्रकाशित मिति
२०७९ असार १३ गते, सोमबार ११:३९
१३ असार २०७९ काठमाडौंः बलिउड स्टार सलमान खान दक्षिण भारतीय चलचित्र क्षेत्रका स्टार राम चरणको घर गएका छन्। सलमान खान रामचरणको घर गएको तस्बिर सामाजिक सञ्जाल सार्वजनिक भएको छ। सलमान खान आफ्नो नयाँ चलचित्र ‘कभी इद कभी दिवाली’ को छायांकनको लागि व्यस्त छन्। यो चलचित्रको छायाँकन अहिले हैदरावादमा भईरहेको छ। यो चलचित्रमा सलमान खानको साथ सेहनाज गील र दक्षिण भारतीय चलचित्र क्षेत्रका स्टार बैंकटेश पनि रहेका छन्।
हैदराबादमा चलचित्र छायाँकन गर्न पुगेका सलमान समय निकालेर ‘आरआरआर’ चलचित्रका नायक राम चरणको घरमा पुगेका थिए। सलमानले रामचरणकी श्रीमति उपासना कामिनेनीसँग रातीको खाना खाएको भारतीय सञ्चार माध्यमले जनाएको छ। यो भेटघाटको मौकामा नायिका पूजा हेगडे र वेंकटेश दग्गुबाती पनि समावेश भएका छन्। साथ खाना खाएपछि यी सबैले साथ तस्बिर खिचेका छन्। सामाजिक सञ्जालमा यी कलाकारको भेटलाई भने रुचाइएको छ। दक्षिण भारत र बलिउडका सुपरस्टारलाई साथ देखेर माया दर्शाएका छन्।





प्रतिकृया