• २८ भदौ २०८३, आइतबार
  • १२ः१६ दिउँसो

रसुवागढी हाइड्रोको ६८ करोडको आईपीओ खुला

प्रकाशित मिति

२०७९ असार १३ गते, सोमबार ११:३०

१३ असार २०७९ काठमाडौंः रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले सोमबारदेखि ६८ करोडभन्दा बढी मूल्यको आईपीओ बिक्री खुला गरेको छ।कम्पनीले आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाका स्थानीय बासिन्दाहरुका लागि उक्त आईपीओ बिक्रीमा ल्याएको हो। सर्वसाधारणलाई भने कम्पनीले यसअघि नै सेयर जारी गरेर दोस्रो बजारमा खरिद बिक्रीसमेत हुँदै आइरहेको छ।

National Life

कम्पनीले स्थानीय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत बराबरले हुने ६८ लाख ४२ हजार १०० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। यो सेयरमा आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाइँकुण्ड, वडा नम्बर १ थुमन र वडा नम्बर २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोल्जुङ र वडा नम्बर ५ चिलिमेका साथै गोसाइँकुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नम्बर ४ लाङटाङ, वडा नम्बर ५ स्याफ्रुबेशी र वडा नम्बर ६ धुन्चे तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।


आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त आईपीओको निष्कासन बन्द २७ असारमा हुनेछ। सो अवधिभित्र सबै सेयरको माग नपरेको खण्डमा भने ढिलोमा १० साउनसम्म आईपीओ खुला हुनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल लिमिटेड रहेका छन्।

प्रतिकृया