• १९ भदौ २०८३, शुक्रबार
  • १ः१२ दिउँसो

युक्रेनलाई पश्चिमा देशले दिएका हतियार रुसी सेनाले नष्ट गरेको दाबी

प्रकाशित मिति

२०७९ जेष्ठ ३० गते, सोमबार ०६:१७

३० जेठ २०७९, किभ : रुसले एउटा मिसाइलमार्फत अमेरिका र युरोपेली हतियार भएको एउटा ठूलो डिपो नस्ट गरेको दाबी गरेको छ। रुसी सेनाले कालिब्र क्रुज मिसाइलमार्फत युक्रेनको ठूलो डिपो नस्ट गरेको इन्टरफ्याक्स समाचार संस्थालाई उदृत गर्दै रोयटर्स समाचार संस्थाले जनाएको छ।


रुसी मेजर जनरल इगोर कोनासेन्कोभले भने, ‘ लामो दूरीको कालिब्र मिसाइलहरूले चोरतकिभ क्षेत्रको बस्ती नजिकैको ठूलो गोदामलाई् नष्ट गरेको छ।’ गोदामका हतियारलाई अमेरिका र युरोपेली देशहरुले उपलब्ध गराएको उनले बताए। यसैबीच, रुसको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो वायु रक्षा बलले युक्रेनी युद्धक विमानहरू खसालेको जनाएको छ।

Kamana Sewa

मन्त्रालयका अनुसार रुसी सेनाले मिकोलायभ क्षेत्रमा एमआई जी– २९ विमान र खार्किभ क्षेत्रमा एउटा एसयु–२५ लडाकु विमान खसालेको थियो। रुसी हमलासँगै अमेरिका र युरोपेली देशहरूले युक्रेनलाई अत्याधुनिक हतियार उपलब्ध गराएका छन्। पछिल्ले समयमा रुसी फौजले युक्रेनका निश्चित क्षेत्रलाई निशाना बनाएको छ।

Classic Tech Desktop

प्रतिकृया