• ४ साउन २०८३, सोमबार
  • ८:०७ बेलुका

प्रदेश १ र लुम्बिनीको नीति तथा कार्यक्रम आज आउने

प्रकाशित मिति

२०७९ जेष्ठ २५ गते, बुधबार ०८:४१

२५ जेठ २०७९, काठमाडौँ : दुई वटा प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम आज ल्याउँदैछन् ।प्रदेश १ र लुम्बिनी प्रदेशले आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्न लागेका हुन् । १ नम्बर प्रदेशसभाको बैठक दिउँसो २ बजे बस्दैछ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।


लुम्बिनी प्रदेशसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार सातवटै प्रदेश सरकार नीति तथा कार्यक्रममा जुटेका हुन् ।

Kamana Sewa

प्रतिकृया