• १ असोज २०८३, बिहीबार
  • १२ः५४ दिउँसो

बीउ र मल अभावले धानको ब्याड राख्नै पाएनन् किसानले

प्रकाशित मिति

२०७९ जेष्ठ २५ गते, बुधबार ०८:३१

२५ जेठ २०७९, काठमाडौँ : बीउ र मल अभावका कारण महोत्तरीका किसानलाई चिन्तित बनाएको छ । जेठ अन्तिम साता बित्नै लाग्दासमेत किसानले धानको ब्याड राख्न पाएका छैनन् । उनीहरुलाई समयमै बाली लाउन नपाइने हो की भन्ने चिन्ताले पिरोलेको छ ।

National Life

“असार १५ गतेसम्म बीउ रोपको मैजारो गर्नुपर्ने हो”, बर्दिबास नगरपालिका–७ का नीरचन्द्र पौडेल भन्छन्, “जेठ बित्न लाग्यो, ब्याडकै चाँजो मिलेको छैन ।” धानको बीउ स्थानीय कृषि बीउबिजन केन्द्रमा नपाएपछि आपूmहरूको हैरानी बढेको पौडेलको भनाइ छ । यसपालि समय–समयमा पानी परे पनि धानको बीउ नपाउँदा खेती गर्ने समय घर्कँदै छ ।


ढिलोमा आगामी असार तेस्रो हप्ता भित्र धानको बीउ रोप सकिए साउन तेस्रो हप्तासम्म खरुवन रोप गर्न सकिन्छ । जिल्लामा धानको बीउ रोप गाँजिएपछि त्यसैलाई उखेलेर अर्को रोप गरिन्छ । यसलाई ‘खरुवन’ रोप भनिन्छ । बीउ रोपको भन्दा खरुवन रोपको धानको बाला पोटिलो लाग्ने र उत्पादन बढी हुने किसानको अनुभव छ ।

Classic Tech Mobile
Classic Tech Desktop

“खेतीको तालिका केही काम लागेन”, बर्दिबास–९ पशुपतिनगरका नथुनी महतो भन्छन्, “पुराना रैथाने धान मासिँदा दुःख पाइयो ।” पुरानो रैथाने धान लाउन छाडेपछि विकासे जातका धानमा भर परिएको र त्यसको बीउ समयमै नपाउँदा खेती लगाउन नपाइएको किसानको दुखेसो छ । “तीन तहको सरकार छ, हाम्रो मर्का बुझ्ने कोही भएनन्”, महतोले भने ।


जिल्लाको कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ५० हजार हेक्टरमा धानखेती गरिन्छ । सिँचाइको प्रबन्ध नहुनु, समयमा प्रामाणिक ९कृषि मन्त्रालयले सिफारिस गरेका० धानको बीउ उपलब्ध नहुनु र रासायनिक मल नपाउँदा समयमा खेती लगाउन नपाइएको भङ्गाहा–४ का सत्यनारायण यादव बताउछन् । धान जिल्लाको मुख्य अन्नबाली मानिन्छ । मुख्यबाली नै समयमा लगाउन नपाएपछि किसानको पिरलो बढेको छ ।

प्रतिकृया