• २० असोज २०८३, मंगलबार
  • ७ः०२ बेलुका

स्वास्थ्य बिमा कार्यक्रम कम्पनीलाई दिने विषय पुनरावलोकन गर्न: सांसद पोखरेलको माग

प्रकाशित मिति

२०७९ जेष्ठ १९ गते, बिहीबार १२:२७

१९ जेठ २०७९, काठमाडौंः  नेकपा माओवादी केन्द्रका नेता तथा सांसद गिरिराजमणि पोखरेलले स्वास्थ्य बिमा कार्यक्रम कम्पनीलाई दिने विषय पुनरावलोकन गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले स्वास्थ्य बिमा कम्पनीलाई दिने विषयप्रति असहमति जनाएका हुन्।

National Life

स्वास्थ्य बिमाको अवधारणा नाफा–नोक्सानको कोणबाट सुरु नभएकोतर्फ सचेत गराउँदै पोखरेलले कम्पनीलाई दिने विषयमा विमति राखेका हुन्। बिमा कार्यक्रम सामाजिक उत्तरदायित्वसँग गाँसिएको भन्दै उनले यसलाई स्वास्थ्य मन्त्रालयबाट अर्थतिर सार्न नहुने प्रस्ट पारे।


‘स्वास्थ्य बिमा कम्पनीलाई दिने भन्ने कुरा कुनै कोणबाट हेर्दा पनि मैले बुझ्न सकेको छैन। पुनरावेदन गर्न म आग्रह गर्छु। किनभने यो युनिभर्सल कभरेजको कन्सेप्टबाट आएको हो, नाफा र नोक्सानको कोणबाट आएको होइन।

Classic Tech Mobile
Classic Tech Desktop

जे–जति डब्लुएचओसँग गाँसिएर हामीले हाम्रा संरचना बनाएका छौँ त्योसँग पनि मेल खाँदैन,’ उनले भने, ‘यो सामाजिक उत्तरदायित्वसँग गाँसिएको कुरा हो। यसको लाइन मिनिस्ट्री स्वास्थ्य मन्त्रालय नै हो। यसलाई अर्थतिर लान खोजिएजस्तो बुझिएको छ।’

प्रतिकृया